अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ९ गते
अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ। चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाजी गरेको आरोप अमेरिकाले लगाएको हो।
चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई सङ्घीय जाँच ब्यूरो FBI ले खोजिरहेको छ। उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ।
एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग “अघोषित आबद्धता” रहेका मानिसहरूसँग पनि बयान लिईएको छ छ।
अभियोजनकर्ताहरूले अमेरिकामा सेनाका वैज्ञानिकहरूलाई पठाउने चीनको योजना अन्तर्गतको यो एउटा हिस्सा भएको बताएका छन्।
ट्रम्प प्रशासनले “अमेरिकीहरूको निजी सूचना र बौद्धिक सम्पत्तिको रक्षा गर्न” भन्दै उक्त वाणिज्य दूतावास ७२ घण्टाभित्र बन्द गर्न चीनलाई निर्देशन दिएको थियो। अमेरिकामा वासिङ्टनस्थित चीनको दूतावासबाहेक चारवटा वाणिज्य दूतावास रहेका छन्।