अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ९ गते
काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।
निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय अस्पताल प्रशासनले जानकारी गराएका छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।