अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, साउन ९ गते।
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका पाँच जना, लमजुङका तीन जनामा संक्रमण देखिएको हो। यस्तै बागलुङ र तनहुँमा एक एक जना संक्रमित थपिएका छन्।
योसँगै हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ९० पुगेको छ।