भारतमा एकै दिनमा थपिए ५० हजार नया कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ९ गते

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको  संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र  ५० हजार जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको  छ । २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

भारतमा पछिल्लो २४ घण्टाभित्रमा ७४० जनाको मृत्यु   भैसकेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने  ३० हजार ६४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *