अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २६ गते
विश्वमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म कोरोनाबाट संक्रमितको संख्या २ करोड २४ हजार २ सय ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७ लाख ३३ हजार ९ सय ९५ पुगेको छ । कुल सङ्क्रमित मध्ये एक करोड २८ लाख ९८ हजार २ सय ३८ जना भने उपचारपछि घर फर्किएका छन् ।
गत २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् ।