अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २६ गते
कोरोना भाइरस महामारीको असर साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोमा पारेको छ। यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ७३% ले झरेको छ।
कोरोना भाइरस महामारी र यसको संक्रमणबाट बच्न विश्वव्यापी प्रतिबन्धका कारण तेल र मुल्यको माग द्रुत गतिमा गिरावट भएको छ, जस का कारण साउदी तेल कम्पनीमा सीधा प्रभाव परेको छ।
जब कि यस बर्ष अरामकोले यस ७५ अरब डलर लाभांश तिर्नु पर्ने छ। कम्पनीका सीईओ आमेन नासिरले विश्व बजारमा तेलको अवस्था सुधार भएको बताएका छन्।
यस वर्षको दोस्रो त्रैमासिकमा सबै तेल कम्पनीहरूले कठिनाइको सामना गरिरहेका छन्। कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि संसारभर यात्रामा धेरै प्रतिबन्धहरू छन्।
यस्तो अवस्थामा तेलको खपत कम हुँदैछ र यसका कारण मूल्य दुई दशकको तल्लो तहमा पुगेको छ।