अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, साउन २६ गते
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ। यस्तै सर्लाहीमा कोरोना संक्रमितको संख्या बढेपछि आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको बैठकले आज बिहानदेखी ३२ साउनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सर्लाहीमा हालसम्म कोरोनाबाट एक जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ सय १४ पुगेको छ ।