अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २६ गते
आज थप कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र पर्सामा १—१ जना तथा काठमाडौंका २ जना रहेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको हो । पर्सा जिल्लाको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो ।
यस्तै काठमाडौं महानगरपालिका वडा न १० बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । मृतक सबै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा चार जनाको कोरोनाका कारण मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।