स्वास्थ्यकर्मीले दिएको २४ घण्टे अल्टिमेटम पछि राजनिति दल र स्वास्थ्यकर्मी बिच विभिन्न बुन्दामा बार्ता समपन्न

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, साउन २६ गते

हिजो २५ गते नारायणी अस्पतालमा भएको तोडफोड पछि स्वास्थ्यकर्मीहरुले दिएको २४ घन्टे अल्टिमेटम पछि स्वास्थयकर्मी र राजनितिक दल बिच विभिन्न बुन्दामा आज बार्ता सम्पन्न भएको नेपाली काङ्ग्रेसका पर्सा सभापति अजय द्विबेदिले बताएका छन।

(१) सन्सार भरी फैलिएको कोरोना बिरुधको सँघर्समा अग्रपंक्तिमा रहि काम गर्दै आईरहेका स्वास्थ्यकर्मी साथीहरूको मनोबल उच्च राखि काम गर्नेलाई सबै तिरबाट सहयोग गर्ने ।

(२) बिगत केही दिन देखि निजि अस्पतालले बिरामी भर्ना नगरेका कारण अनाहकमा केही साथीहरूले ज्यान गुमाउनुपरेकोले फेरि त्यसतो दुर्घटना नदोहरिन दिनका लागि प्रत्येक निजि अस्पतालको अनुगमन गर्ने।

(३) पि सि आर परिक्षणको लागि गरिएको स्वाब क्लेकसनको रिपोर्ट छिटो भन्दा छिटो SMS को मार्फत सम्बन्धित ब्यक्ति कहाँ पुर्याउने।

(४) नारायणी अस्पतालमा १५ बेडको आइसुलेशन वार्ड सन्चालनमा ल्याउने ।

(५) नारायणी अस्पताल का स्वास्थ्यकर्मि साथीहरूको स्वाब परिक्षण गरि छिटोभन्दा छिटो जेनरल वार्ड सन्चालन गर्ने

(६) पि सि आर परिक्षणको दायरा बढाउने

 (७) जन शक्तिको ब्यवस्थापन गर्ने।

(७) आवश्यक  स्वास्थ्य सामग्री रजन शक्ति पुर्तिका लागि केन्द्र र प्रदेश स्वास्थ्य मन्त्रालयमा समन्वय गर्ने लगायतका बिषयमा सार्थक छलफल सम्पन्न भएको छ।

उक्त छलफलमा नेपाली काङ्ग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा का सुदिप लामा, जसपा का इशवर यादव समाजिक अभियन्ता प्रकाश थारु नारायणी अस्पतालका मे.सु. डा मदन उपाघ्याय नारायणी अस्पताल अन्तरगत कोबिड बिशेश इन्चार्ज डा निरज सिह लगायतको उपस्थिति रहयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *