चितवनमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, साउन ३२ गते

चितवनको भरतपुर अस्पताल अन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा २७ जना चितवनका छन् भने १ जना सर्लाहीका छन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन । भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट कन्ट्याक ट्रेसिङ्बाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा डाक्टर र नर्सहरु समेत रहेको बताइएको छ ।

सर्लाहीकी २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको स्वाब भरतपुर अस्पतालबाट संकलन गरिएको हो ।

अस्पतालमा शनिबार राति अबेरसम्म परीक्षण गरिएका ४७४ वटा स्वाब नमूनाहरुमध्ये २८ वटाको रिपोर्ट पोजेटिभ आउँदा ४४६ वटा नमूनाको भने नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *