नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तिन जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १ गते

विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तिन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्रिफिङ क्रममा थप तिन जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रौतहटका एक ३२ बर्सिय पुरुष ,मोरंग जिल्लाका  ६० बर्सिय एक  पुरुष र काठमाडौँ का ५८ बर्सिय एक महिलाको ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०७ पुगेको छ । मृत्यु हुनेमा ८३ पुरुष र २४ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *