अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १ गते
कोविड १९ को संक्रमणको कारण जिल्ला प्रशासन कार्यालय धनुषाबाट धनुषा जिल्ला भित्र मिति २०७७/ भदौ / १ देखि २०७७/ भदौ / ७ सम्मको लागि पुनः निषेधाज्ञा जारी गरिएको छ।

सर्वसाधारणलाई अदालतमा आउँन सक्ने अवस्थामा कठिनाई हुने भएकोले यस विषम परिस्थिमा बन्दि प्रत्यक्षी कारण मु.फौ.का.स २०७४ को दफा १५५ को निबेदन ,बालबालिकाको हक पर्ने निबेदन र महामारी सम्बन्धी निबेदन दर्ता र सोको सुनुवाई बाहेकका अन्य कार्यहरु २०७७/ भदौ /१ देखि २०७७/ भदौ /७ सम्म स्थगित गरिएको छ।
यस अदालतको पूर्ण ईजलासबाट निर्णय भएकोले सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।