प्रदेश २ मा पछिल्लो २४ घण्टामा थपिए २११ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ १ गते

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, धनुषामा १७, सर्लाहीका १८, महोत्तरीका १४, सप्तरीका ६ र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनका अनुसार यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । रौतहटको गौर नगरपालिका वडा नं. १ का ३२ वर्षीय पुरुष र धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनाले पुष्टि गरेको छ ।

सोमबार मृत्यु भएका २ जनासंगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *