गण्डकी प्रदेशमा थपिए २५ जना नयाँ कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २ गते

गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ५६ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *