पोखरामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, भदौ २ गते

पोखरामा कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका पोखरा महानगर वडा नं १६ का ८७ वर्षिय वृद्धको आज मृत्यु भएको हो ।

विभिन्न रोगबाट ग्रसित रहेका उनी सोमवार स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका लागि भर्ना भएकोमा मंगलवार विहान १०:३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।प्रतिष्ठानको निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनी किडनी, डाइवेटिज लगाएतका रोगबाट ग्रसित रहेका थिए ।

मंगलवार मात्रै तनहुँकी एक महिलाको पोखराको  सेवा हस्पिटलमा मृत्यु भएको थियो । उनमा पनि कोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि ICU मा भर्ना हुनुभएकी तनहुँ जिल्ला, ब्यास १, वर्ष ५० कि महिलाको हिजो राति ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको जानकारी कास्की सेवा अस्पतालका निर्देशक डा. पदम बहादुर खड्काले दिनु भएको छ |

यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *