अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २ गते
भारतीय केन्द्रीय गृह मंत्री अमित शाहलाई नयाँ दिल्लीको एम्समा भर्ना गरिएको छ। डाक्टरहरूको टोली उहाँलाई निरीक्षण गर्दैछ।
कोरोना संक्रमण पुष्टि भएसँगै दुईसाता आइसोलेसनमा बसेका शाह नेगेटिभ रिपोर्ट आएपछि गतसाता अस्पतालबाट डिस्चार्ज भएका थिए। तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।
पछिल्लो तीन दिनयता उनको स्वास्थ्य केही जटिल बनेको थियो। यद्यपी‚ उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको उनको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ। शाहको रेखदेखमा सहज हुने भएकाले घरबाट अस्पतालमा सार्ने निर्णय भएको समाचारमा जनाइएको छ।