भारतमा एकै दिनमा थपिए ५५ हजार ७९ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २ गते

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख छ हजार ४५० पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ९५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो ।

अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७८ हजार ७४७ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *