अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १० गते
नेपालमा आज थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टा मा २ महिला सहित ९ पुरुषको कोरोना सङ्क्रमणबाट निधन भएको छ।
आज एघार जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज मोरंगबाट ४६ बर्सिय एक महिला, भक्तपुरबाट ५३ बर्सिय अर्को महिला भने पुरुषहरु कैलालीका दुई जना पुरुष ४५ र ५० बर्सिय पुरुष, महोत्तरीका तिन जना ६०,७२ र ७५ बर्सिय पुरुष, बाँकेका एक जना ३७ बर्सिय पुरुष, काठमाडौँका ५१ बर्सिय पुरुष र बाराका दुई जना ४१ र ४६ बर्सिय पुरुषहरु गरी ११ जना कोरोनाबाट ज्यान गएको जानकारी दिए । योसँगै देशभर मृतकको कुल संख्या १७१ पुगेको छ ।