मोरङ जिल्लाभरी भदौ १६ गतेसम्मको लागि निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, भदौ १० गते

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा स्थानीय प्रशासनले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार रातिबाट लागु हुनेगरी जिल्ला भर एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय गरिएको छ । त्यसपछि बजार र पसलसँगै सवारी बन्द हुनेछ । बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न पाइनेछैन । होटलमा भेला जम्मा हुन नपाएपनि प्याकिङ लैजान पाउने सुविधा दिइएको छ । बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

समुदायमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न लगाइएको ५ दिने निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष बैठकले निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *