अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ११ गते
नेपालमा आज थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा पाँच महिला सहित तीन पुरुषको कोरोनाबाट निधन भएको छ।
थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसरी मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही, बाँकेकी एक महिला रहेका छन् ।
यस्तै काठमाडौँ, पर्सा र कपिलवस्तुका एक-एक पुरुषको मृत्यु भएको छ ।