सरकार बिकास गर्न बजेट होईन जनताको औषधि उपचार गर्ने बजेट देउ – नेता रिजाल

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, भदौ १२ गते

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले कोरोना भाइरसको संक्रमणबाट बचाउन का लागि सरकारले बिकासे बजेट होइन जन्ता को उपचार गर्ने बजेट ल्याउन माग गर्दै जन्ता लाई अहिले बिकासको भन्दा उपचार को आवश्यकता रहेको बताए । बिहिवार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस का केन्द्रिय सदस्य रमेश रिजालले कोरोना भाइरसको संक्रमण्को बेला देशको जन्तालाई बिकाश होइन बिमारीको औसधि,उप्चार र राहत चाहिएको बताएका छन।

 बिरगंजमा साधारण बिमारी भएका ५-६ जना मानिशहरु कुनै अस्पतालले उपचार नगरेपछी एक अस्पताल बाट अर्को अस्पताल चहार्दै ज्यान गुमाउनु परेको र सरकारले त्यस्ता निजि अस्पताल लाई केही नगरेको भन्दै आक्रोश पोखेका छन। त्यसकारण सरकारले बिकास गर्ने बजेट होइन जनताको औषधि उपचारमा खर्च गर्नुपर्ने बजेट को आवश्यकता रहेको भन्दै जनताको घर घर मा पुगि राहत बितरण गर्नु पर्ने मा नेता रिजालले जोड दिएका छन।

उन्ले भने बिकास पछि हुँदै गर्छ पहिले जनता बचाउ जनता नरहे बिकास के काम भन्दै कम्निस्टहरु येस्तो माहामारी को समयमा पनि सता र कुर्सिको लोभमा पर्नु अशोभनिय रहेको नेता रिजालले बताएक छन। नेपाली कांग्रेसका नेता रिजालले निशेधाज्ञा र लकडाउनबाट समस्यामा परेका गरिब,अति विपन्न र मजदुरहरूलाई दुई छाक खाना खान समेत समस्या भएको हुदा सरकारले अबिलम्ब सबै बिकास को बजेट लाई जनता को उपचारको गर्न भेन्डिलेटर, र कोरोना अस्पताल को लागि बजेट छुट्याउनु पर्ने माग गरेका छन।

सानो देखि ठूलो सबै उधोगि ब्यापारी को ब्याज,कर्जा र कर मिनाहा गर्नुपर्ने माग पनि राखेका छन। नेता रिजालले भने अब जन्ताको भन्साघर रितिसक्यो जन्ता कुनैबेला पनि सडकमा आउँछ त्यसकारण सरकारले चाडै जन्तालाई उपचार र राहत ब्यवस्थापन गर्न आग्रह गरेका छ्न । जनताले अब उपचार नपाएर र एउटा अस्पताल बाट अर्को अस्पताल चहार्दै ज्यान गुमाएमा कांग्रेस चुपलागेर नबस्ने भन्दै आक्रोश व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *