अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते
चितवनमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहिबार राति गरिएको परीक्षणमा चितवनका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति ९ बजेसम्म गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र पूर्वी नवलपरासी गैंडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।