अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते
कैलालीमा डाँका चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका चार जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरिएको हो।
२० वर्षअघि बिभिन्न मितिमा ७-८ जनाको समूहमा बनाई रातिको समयमा कैलालीको जोशी, भजनी, बौनिया, मुनुवा लगायतका क्षेमा हातहतियार सहित बिभिन्न व्यक्तिको घरमा पसेर लुटपाट गर्ने चार जना व्यक्तिलाई प्रहरीले भदौ ९ गते उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
उनीहरु कैलाली कारागारबाट फरार भएका थिए।
उनीहरु चारै जनाको जम्मा कैद एक सय ७० बर्ष हुने कैलालीका प्रहरी नायव उपरिक्षकले बताए। ‘उनीहरुले भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीय व्यक्तीहरुको घरमा घेरा हाली जिन्सी तथा धनमालहरु लुटपाट गरेका थिए’ प्रहरी नायव उपरिक्षकले भने।