भारतमा एकै दिनमा थपिए ७७ हजार नयाँ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १२ गते

भारतमा गत २४ घण्टामा करिब ७७ हजार नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार गत २४ घण्टामा भारतमा ७७ हजार नयाँ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ३३ लाख ८७ हजार ५०० पुगेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार ६९४ पुगेको छ ।

भारतमा हालसम्म २५ लाख ८३ हजार ९४८ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *