गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा नवलपरासी पूर्वका ८, तनहुँका ४, कास्कीका ३ र लमजुङका २ जना रहेका छन् । संक्रमितमध्ये नवलपरासीको देवचुली- १५ का संक्रमित खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत छन् ।

त्यस्तै, लमजुङको  मर्स्याङ्दी- ४ का संक्रमित केही दिनअघि भारतबाट फर्किएका थिए । त्यस्तै, पोखरा महानगरपालिका- १७ का २ जना नयाँ संक्रमित पर्यटक प्रहरी हुन् । उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार २२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६ सय ७२ पुगेको छ ।

उनीहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *