गण्डकी प्रदेशमा फेरी थपिए ११ जना कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको तेस्रो चरणको विज्ञप्तिमा पोखराका  बैंक, कन्सल्टेन्सी र मोबाइल पसलकासहित थप ११ जनामा संक्रमण  पुष्टि भएको जनाएको छ ।

सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का  एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा -१४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा  पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार दिउसो नै पोखरा -११ की ५६ वर्षीया महिला , पोखरा – १४ का २७ वर्षिय पुरुष, पोखरा १६ का  १५ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ  ।

सङ्क्रमित सबैलाइ  आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *