अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते
उदयपुरमा ठूलो परिणाममा गाँजा सहित दुई जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीबाट ४ बोरामा अन्दाजी ८४ केजी गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ का २९ वर्षीय पुष्पबहादुर मगर र सोही गाउँपालिका-३ का ४३ वर्षीय रामबहादुर तामाङ छन्।
उनीहरुको साथबाट अवैध गाँजा सहित एक थान कुकुरी पनि बरामद भएको छ । पक्राउ पर्नेमा मगर चालक हुन भने तामाङ खसी व्यपारी हुन् ।