अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १२ गते
जापानको प्रधानमन्त्री शिन्जो आबेले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।
आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण उनले राजीनामा दिन लागेको त्यहाँको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्त्री आबेको आलोचना भइरहेको छ। कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ।
आबेले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिने र राजीनामासमेत दिने बताइएको छ।