अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ८८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।