अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३ गते
नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ पुरुष र ३ महिला गरी १२ जनाको ज्यान गएको जानकारी दिए ।
उनका अनुसार पाल्पा का ३० बर्सिय एक महिला,काठमाडौँ को ५१ बर्सिय एक महिला ,र भक्तपुर का ६२ बर्सिय महिलाको मृत्यु भएको छ ।
पर्साका दुई जना पुरुष ३९ र ४८ बर्सिय ,सिरहाका ८४ बर्सिय एक पुरुष गोरखाका ३८ बर्सिय एक पुरुष, कास्कीका ५८ बर्सिय एक पुरुष काठमाडौँ ८३ बर्सिय एक पुरुष ,ललितपुरका दुई जना ७२ र ६१ बर्सिय पुरुष र भक्तपुरका ८२ बर्सिय एक पुरुष गरि ९ जना पुरुषको ज्यान गएको छ ।