भारतमा एकै दिनमा थपिए ७८ हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १४ गते

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार चार सय ७२ जना नयाँ संक्रमित थपिए । हालसम्म भारतमा ३५ लाख ३९ हजार सात सय १२ जनामा संक्रमण पुष्टि भइसकेको वाल्डो मिटरले जनाएको छ ।

भारत अहिलेसम्म संक्रमणबाट प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा पर्छ ।

एकै दिन नौ सय ४४ जनाको मृत्यु भएपछि कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या ६३ हजार छ सय ५७ पुगेको छ । संक्रमितमध्ये २७ लाख १२ हजार पाँच सय २० जना उपचारपछि घर फर्किएका छन् ।

सात लाख ६३ हजार पाँच सय ३५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *