अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४ गते
चितवनमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। नवलपुर बिनयत्रिबेणी – ६ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार उनको शनिबार साँझ ५:५० बजे मृत्यु भएको हो ।

निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।
पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको शनिबार अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो।