साउदी अरेबियामा आजदेखि सबै सरकारी कर्मचारीहरू काममा फर्किनेछन्

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १४ गते

आजदेखि नै कोविड १९ लाई फैलन रोक लगाइएको प्रतिबन्धमा पनि राहत दिइनेछ।

 साउदी सरकार समर्थित अल अरेबिया टेलिभिजनले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको उद्धृत गर्दै भनेको छ, कि कार्यालयहरूमा काम गर्नका लागि जारी गरिएका निर्देशनहरूको पालना गर्नु अनिवार्य हुनेछ।

आजदेखि मानिस शिफ्टमा काम गर्नेछन्। कर्मचारीहरूको उपस्थिति फिंगरप्रिन्ट स्क्यानर मार्फत गरिने छैन। जो बिरामी छन् उनीहरूलाई घरबाट काम गर्न दिइनेछ।

 अल अरेबिया टेलिभिजनका अनुसार मन्त्रालयले यसअघि ५० प्रतिशत कामदारहरूलाई मे ३१ देखि सरकारी कार्यालयमा काम गर्न अनुमति दिएको थियो, जसलाई बढाएर पछि ७५ प्रतिशत गर्न भनियो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना रिपोर्टले भनेको छ कि शनिबार देशमा कोरोना संक्रमणको ९८७ नयाँ सङ्क्रमितहरुको पुष्टि भएको छ, भने कोरोनाका कारण अहिले सम्म २७ व्यक्तिको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *