अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४ गते
स्याङ्जाको वालिङ नगरपालिका ५ मा मझकोटमा भएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइतेमध्ये दुई पुरुषको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय कृष्ण भनिने भानुभक्त गैह्रे र वडा नं. १० का श्याम पंगेनी रहेका छन् । गैह्रे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । एम्बुलेन्स कच्ची सडकबाट ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चापाकोट ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, सोही ठाउँकी २८ वर्षीय पवित्रा पोख्रेल घाइते छन् उनीहरूको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये पवित्रा गर्भवती रहेको र काठमाडौँबाट डेलिभरीका लागि गाउँ फर्केको प्रहरीले जनाएको छ । घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ ।