अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४ गते
गण्डकी प्रदेशमा आइतबार बिहान थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला र तनहुँ भानुका १९ पुरुष र ३ महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
बागलुङमा सङ्क्रमित हुने तमानखोलाका २३ र ३० वर्षका महिला मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी गरेको निर्देशनालयले जानकारी दिएको छ ।