अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४ गते
कैलालीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलाली जानकी गाउँपालिका-९ का लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र दीपक कडारालाई आइतबार बिहान पक्राउ गरिएको हो।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षकले बताए।