काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ ।

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक वस्तुहरुमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि विहान ११ बजेसम्म विक्री गर्न पाउने व्यबस्था गरेको छ ।
त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २.०० बजे देखि राती ९ बजे सम्म सञ्चालन गर्न पाउने छन् ।

साथै पीसीआर नेगेटिभ आएकाले टेकअवे सेवा तथा होम डेलिभरी सेवा पनि सञ्चलन गर्न पाउने

सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राती १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *