अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, भदौ १७ गते
सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाउनु भएका अति बिपनन परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ।
लहान नगरपालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा क्लब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्।
परोपकार युवा क्लब लहान मनकारी युवाहरुको एक समुह हुन। पछिल्लो समय उक्त क्लबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँ पालिकामा अति बिपन परिवारलाई चामल, दाल, आलु, खाने तेल, नुन, सोयाबिन, हात धुने साबुन, सर्फ लगायतका सम्मान राहत स्वरुप वितरण गरेका क्लबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनु भयो ।

क्लब आबद्ध युवाहरू भुसन जैसवाल,एकलास अहमद ,सुपरीया मंण्ड,जितेन्द्र साह रौनियार ,अपताब आलम , स्नेहा सोनि,चिरञ्जीवी साह, युवा नेता तथा समाज सेबि मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाडने गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्न लहननगर पालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका छन् ।
सो कार्यक्रम भदौ १७ गते बाट सुरु गरेको छ भने भदौ २७ गते सम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए ।
रोजगारी मुमाएका युवा वृद्ध र बिपन परिवार जलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन्न्न र सबैले बाचुन भने मेरो धारणा गरेको छ।
हामीले संयुक्त रुपमा लकडाउन अबधि सम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बुलुका ६ बजे देखी ७:३० बजे सम्म खाना खान आउन आग्रह समेत गरेका ,खाना पुर्ण रुपमा शाकाहारी भोजनको ब्यबस्था गरेका छन् । कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।