अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १८ गते
महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो संख्या रहेको हुँदा तथ्यांकले अगस्ट महिनामा भारतमा संसारकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमण फेला परेको पुष्टि भएको हो ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार विहानसम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको छ ।