बागलुङमा अरिवरल वर्षासँगै आएको बाढीले एउटा बस्ती नै बगायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १८ गते

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ ।

बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षकले जानकारी दिनुभयो ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए। घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *