अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १८ गते
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बैठक आजका लागि निश्चित भएको हो।
आज बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन उपर सचिवालयको बैठकमा छलफल हुनेछ।
त्स्तै राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुनेछ।