विश्वमा एक करोड ६१ लाख भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १८ गते

विश्वमा कोरोना भाइरसका कारण एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् । एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना बिरामी थपिएपछि संक्रमित संख्या दुई करोड ६१ लाख ७७ हजार १११ पुगेको हो ।

हालसम्म कोरोनाका कारण आठ लाख ६७ हजार ३४६ जनाले ज्यान गुमाइसकेको वाल्डो मिटरले जनाएको छ । एकै दिनमा छ हजार दुई सय १२ जनाको मृत्यु भयो ।

एक करोड ८४ लाख ४२ हजार १७५ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख ८३ हजार सात सय २६ जना उपचाररत रहेकोमा ६० हजार सात सय सात जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *