आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते

हाल  मनसुनको  न्युन चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ।

प्रदेश १ सहित मुलुकका केही स्थानमा आज (शनिबार) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति: देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन मौसमविद्ले सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *