अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते
कोरोनाका कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६:३२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।