आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते

आज विश्व प्राथमिक उपचार दिवस विभिन्न कार्यक्रम गरि मनाईंदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

अचानक आउने साना ठूला दुर्घटनाहरुबाट तत्काल अपनाइने साधारण उपचार विधि नै प्राथमिक उपचार हो । दिवसको अवसरमा देशभरका नेपाल रेडक्रस सोसाईटीका शाखाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
चोटपटकबाट हुने प्रभाव र क्षती न्युनिकरणका र प्रारम्भिक जीवन रक्षाकालागि प्राथमिक उपचार अपरिहार्य रहेको छ ।
प्राथमिक उपचारको जरुरी, मानव जीवनलाई दुर्घटना र चोटपटकबाट बचाउनका लागि यसको महत्वलाई आत्मसाथ गर्दै प्राथमिक उपचारकर्ताको तालिम पनि सबैलाई प्रदान गर्नु जरुरी रहेको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *