कास्कीमा जारि निषेधाज्ञा आज सकिदै, सार्वजनिक यातायातका साधन पनि संचालनमा आउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते

कास्कीमा जारि निषेधाज्ञा आज राति देखि सकिदै छ । लामो समयदेखि बन्द सार्वजनिक यातायातका साधन आज रातिदेखि संचालनमा आउने छन् ।

यसअघि तीन पटकसम्म निषेधाज्ञाको म्याद थपेको प्रशासनले बढी भीडभाड हुने क्षेत्र बाहेकका ठाउँहरुमा निषेधाज्ञा नलगाउने निर्णय लिएको हो ।

जिल्ला भित्रको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरिएको हो । निर्णय अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा मास्क र बसको ढोका प्रवेश गर्ने समयमै सेनिटाइजरको व्यवस्था हुनुपर्ने छ ।

बसभित्र भौतिकदुरी कायम गरी बसको कुल सिट संख्याको ५० प्रतिशतमा मात्र यात्र् राख्न पाइने छ । सार्वजनिक यातायात साधन बिहान ६ देखि साँझ ८ बजे सम्म संचालन गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *