अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २७ गते
केही दिनयता विश्वमा एकै दिन यतिधेरैमा संक्रमण पुष्टि भएको हो । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ९७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म विश्वमा दुई करोड ८६ लाख ४९ हजार ४५१ जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ । कोरोना संक्रमितमध्ये नौ लाख १९ हजार ५७७ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार छ सय जनाले ज्यान गुमाए ।
संक्रमितमध्ये दुई करोड पाँच लाख ७४ हजार २८७ जना उपचारपछि घर फर्किएका छन् । ७१ लाख ५८ हजार चार सय २३ जना उपचाररत रहेकोमा ६१ हजार नौ जनाको अवस्था गम्भीर छ ।