अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २९ गते
दुईवटा ट्रक नारायणगढ–मुग्लिन सडक खण्डमा एकापसमा ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरेपुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाइते भएका थिए।
भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।