इजराइल सरकारद्धारा कडा प्रतिबन्धका साथ तीन हप्ते लकडाउनको घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २९ गते

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै इजराइल सरकारले कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ। शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण “चर्को मूल्य चुकाउनुपर्ने” बताएका छन्, तर देशमा दैनिक चार हजारसम्म नयाँ सङ्क्रमित थपिने गरेका छन्।

इजराइलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ, भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

 करिब ९० लाख जनसङ्ख्या रहेको इजराइलमा पछिल्ला सातामा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित थपिदै छन्।

आइतवार एउटा टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री नेतन्याहुले त्यो बढेर दैनिक चार हजारसम्म पनि पुगेको बताए।

हिलो लकडाउनभन्दा बढी दोस्रो लकडाउन कडा हुने घरभित्र १० जनाभन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् भने घरबाहिर २० जनासम्म भेला हुन पाउने छन्।

विद्यालय तथा पसलहरू बन्द रहने छन् भने घरदेखि ५०० मिटर टाढा जान पाइने छैन। गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्।

इजरेली अर्थमन्त्रीका अनुसार दोस्रो लकडाउनबाट मुलुकले १.८८ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोर्नेछ।

विगत २४ घण्टामा विश्वमा हालसम्मकै सबैभन्दा बढी तीन लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *