आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २९ गते

हाल  मनसुनको  न्युन चापीय  रेखा  नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १,  वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाको आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *